झापा : नेकपा एमाले दमक नगर कमिटीको प्रथम अधिवेशनबाट ज्ञाननाथ पोखरेल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।

आज सम्पन्न अधिवेशनले अध्यक्षमा पोखरेल सहित उपाध्यक्षमा मेदनी खरेल , सचिवमा इन्द्र गुरुङ सर्वसम्मत चयन भएका छन् ।

यसै गरी उप सचिवमा भने २ जना मात्रको सिटमा ४ जनाको मनोनयन परेको छ । सन्तोष दुलाल, सिता कार्की, उर्मिला पाण्डे र यमुना गौतमले मनोनयन गराएका छन् ।

योसँगै देशभरका पालिकाहरूमा नेकपा एमालेको अधिवेशन आज भइरहेको छ । बाढी पहिरो प्रभावित क्षेत्रमा भने केही पर सारिएको नेकपा एमालेले जनाएको छ ।