विराटनगर : झापामा ३६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५६२ जनाको पीसीआर परीक्षण गर्दा ८३ र १७५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३६, मोरङमा ३१, सुनसरीमा १०, उदयपुरमा ३, इलाममा २ र सङ्खुवासभामा १ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बिर्तामोडमा ८, दमकमा ७, बुद्धशान्ति र कनकाईमा ४-४, भद्रपुर, बाह्रदशी र गौरादहमा ३–३, शिवसताक्षी, अर्जुनधारा, कमल र झापा गाउँपालिकामा १–१, मोरङको विराटनगरमा २५, उर्लाबारीमा २, बुढीगंगा, रंगेली, रतुवामाई र कटहरीमा १-१, सुनसरीको इटहरीमा ७, धरानमा २ र इनरुवामा १, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र बेलकामा १-१, इलामको इलाम नगरपालिका र चुलाचुली १-१ र सङ्खुवासभाको खाँदबारीमा १ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३२ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।