उर्लाबारी : मोरङ जिल्लाको रतुवामाई नगरपालिका-३ छालगाछीबाट प्रहरीले ९४ तोला चाँदी सहित एक जना पक्राउलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३० वर्षीय धर्बेन्द्र शर्मा रहेको प्रहरीले जानकारी दिएको छ।

मंगलबार बेलुका साढे ७ बजे प्रहरी चौकी महादेवाबाट खटिएको प्रहरी टोलीले बिल नभएको तार बनाई ल्याएको ९४ तोला चाँदी सहित पक्राउ गरेको हो।

पक्राउ परेका शर्मालाई चाँदी सहित आवश्यक कारबाहीको लागी मूल भन्सार कार्यालय रानी विराटनगर पठाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ।