धरान : सुनसरीको वराहक्षेत्र नगरपालिका-६ चक्रघट्टी बजारमा बगैँचा एग्रीकल्चर प्राली नामक संस्था सञ्चालन गर्ने दीपक कुमार खडका ठगी आरोपमा पक्राउ परेका छन् ।

खडकाले बगैँचा नेपाल एग्रीकल्चर प्राली नामक संस्था सञ्चालन गरी सो क्षेत्रका कृषकहरू, व्यापारीहरू तथा भोजपुर जिल्लाबाट व्यापारीहरूले दशैका लागी विक्री गर्न ल्याएका २८ वटा खसी वोका समेत गरी २९ जनाबाट व्यापारीहरू वाट १० लाख ९८ हजार ९ सय ९७ रुपैयाँ मूल्य बरावरको ठगी गरेर फरार रहेका थिए ।

उनलाई कार्तिक ८ गते वराहक्षेत्र एरियाबाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा सुनसरी जिल्ला अदालतबाट दिन ७ को म्याद लिई थप अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।