विराटनगर : मोरङमा ६६ जना सहित प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

८९४ जनाको पीसीआर परीक्षण गर्दा १४२ र १३१ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ६६, झापामा ३३, सुनसरीमा २७, उदयपुरमा ३, धनकुटामा २, सङ्खुवासभा, भोजपुर र खोटाङमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ४२, बुढीगंगामा ९, सुन्दरहरैचामा ४, कानेपोखरी, बेलबारी र रतुवामाईमा २-२, पथरीशनिश्चरे, केराबारी, रंगेली, उर्लाबारी र ग्रामथानमा १-१, झापाको बिर्तामोडमा १४, दमकमा ५, भद्रपुरमा ४, गौरादह, अर्जुनधारा र मेचीनगरमा २-२, कनकाई, बुद्धशान्ति, बाहृदशी र कमल गाउँपालिकामा १-१, सुनसरीको इटहरीमा १०, इनरुवामा ५, दुहबी र धरानमा ४-४, रामधुनी, वराहक्षेत्र, गढी र भोक्राहानरसिंहमा १-१, उदयपुरको बेलकामा ३, धनकुटाको धनकुटा र चौबीसेमा १-१, सङ्खुवासभाको चैनपुर, भोजपुरको भोजपुर नगरपालिका र खोटाङको खोटेहाङमा १-१ र प्रदेश १ बाहिरका ८ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र २ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।