धरान : विराटनगरस्थित कञ्चनबारीमा अहिले साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी जनार्दन जिसीले दिएको जानकारी अनुसार कार, सरकारी गाडी र ट्रक एक आपसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ६ जना घाइते भएको बताईएको छ ।

प्रत्यक्षदर्शीका अनुसार ट्रक, कार र सरकारी गाडी जुधेर दुर्घटना भएको हो । प्रदेश २-०३-००१ ख १७७२ नम्बरको ट्रक र प्रदेश ३-००१-०२३–च २८५१ नम्बरको कार र बा २ झ ३२६५ नम्बरको सरकारी गाडी दुर्घटना दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृतकको परिचय खुलेको छैन । घटनाको बारेमा पुरा विवरण आई नसकेकोले अहिले घटनास्थलमा प्रहरीले घटनाको स्थलगत रुपमा अनुसन्धान गरिरहेको छ ।