धरान : सर्वोच्च अदालत परिसरमा वकिलहरूबिच कुटाकुट भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्ष र विपक्षका वकिलबिच आज सर्वोच्च परिसर मै कुटाकुट भएको हो ।

नेपाल बार एसोसिएसनको बैठक बसिरहेका बेला आज दिउँसो अधिवक्ताद्वय विराट न्यौपाने र भूमिनन्द चुडालबीच कुटाकुट भएको हो । अधिवक्ता न्यौपानेले चुडाललाई हातपात गरेपछि विवाद सुरु भएको थियो ।

प्रधानन्यायाधीश जबराको पक्षका वकिल चुडालले 'न्यायालय बन्धक बनाउन हुँदैन, सर्वसाधारणले दुःख पाए, इजलास सुचारु हुनुपर्छ' भनेपछि न्यौपानेले चुडालमाथि आक्रमण गरेका थिए ।

यस अघि देखिनै न्यायाधीशहरुले गरेको बेन्च बहिष्कारको विरुद्धमा चुडालले बोल्दै आएका थिए । यही विषयमा कुरा झिक्दै भएको विवादमा आज न्यौपाने र चुडालबीच कुटाकुट भएको हो । न्यौपाने प्रधानन्यायाधिशले राजीनामा दिनुपर्छ भन्ने पक्षमा वकालत गर्दै आएका छन् ।