धरान : धरान १० पुतली लाइनमा आज साँझ एक युवा माथि खुकुरी प्रहार भएको छ ।

इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी नरेन्द्र कुँवरले दिएको जानकारी अनुसार स्थानीय युवा डेनिस राईमाथि खुकुरी प्रहार भएको हो ।

उनको देब्रे खुट्टामा चोट लागेको छ । उनलाई खुकुरी प्रहार गर्ने त्रिचन राईलाई प्रहरीले पक्राउ गरेको छ । खुकुरी प्रहारबाट घाइते भएका डेनिस राईको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको छ । घाइतेको अवस्था अहिले सामान्य छ ।