धरान : नेपाल आयल निगमले पेट्रोलियम पदार्थ र खाना पकाउ प्रयोग हुने ग्यासको मूल्य बढाएको छ। शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलियम पदार्थ र ग्यासको मूल्य बढेको हो।

नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएको छ । मूल्यवृद्धिसँगै काठमाडौँमा पेट्रोल प्रतिलिटर १३३ तथा डिजेल र मट्टीतेल ११६ प्रतिलिटर पुगेको छ । खाना पकाउने एलपी ग्याँसको मूल्य प्रतिसिलिन्डर ५० ले बढेर १५०० पुगेको छ।

हवाई इन्धन पनि आन्तरिक र बाह्य दुवैतर्फ प्रतिलिटर १० रुपैयाँले बढेको छ। जसअनुसार आन्तरिक हवाई इन्धनको नयाँ मूल्य ९६ र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलोलिटर ८८५ अमेरिकी डलर पुगेको छ।यसअघि निगमले भदौ ७ गते पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य बढाएको थियो ।

noc-press-release