इटहरी : विगत तीन वर्षदेखि प्रत्येक साताको शनिवार इटहरी तथा आसपासको क्षेत्रमा सरसफाइ गर्दै आएको बुल्स इलेभेन क्लबले आज इटहरीको विश्व आदर्श स्कुल र आर्मी क्याम्प उत्तर तर्फको क्षेत्रमा सरसफाइ गरेको छ।

तिहारको चटारोको बिच पनि आज सरसफाइ अभियानमा सक्रिय रहेका दुई दर्जन किशोर किशोरीहरूको समूहले उक्त क्षेत्रको सफाइ गरेर आकर्षक बनाएका छन् । प्रत्येक शनिवार सरसफाइ अभियान थालेको

क्लबले भर्खरै आएको बाढी तथा डुबानले गर्दा सो क्षेत्रमा फोहोर बढेकाले सरसफाइ गरिएको बताइएको छ ।
स्थानीय सरकार तथा घर धनीहरूले आफ्नो ठाउँ आफै सफा राख्नुपर्ने अवस्थामा त्यो नपाइएकाले पनि सरसफाइ थालिएको क्लबका अध्यक्ष पूर्ण राईले बताए ।

दुई साताअघि भएको डुबानमा अत्यधिक प्रभावित भएको इटहरीको सो क्षेत्रमा नाला पैनी जाम हुने तर सफाइ नहुने भएकाले पनि डुबानको समस्या फेरी आउन सक्ने तर्फ क्लबले सचेत समेत गराएको छ ।

इटहरीलाई डुबानमुक्त बनाउनको लागि आफूहरूको यो अभियान फलदायी हुने र यसलाई निरन्तर जारी राख्नको लागि सबै क्षेत्रको साथ सहयोग हुनुपर्ने क्लबका क्लबका सदस्य रामु राईले बताए ।