धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४९ जनामा कोरोना सङ्क्रमण भएको छ। १९५ जनाको पीसीआर परीक्षण गर्दा ३३ र ९० जनाको एन्टिजेन परीक्षण गर्दा १६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ११, झापा र सुनसरीमा १०-१०, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १०, रंगेलीमा १, झापाको भद्रपुरमा ४, मेचीनगर र स्थानीय तह नखुलेका २-२, बिर्तामोड र बुद्धशान्तिमा १-१, सुनसरीको इटहरीमा ४, धरानमा ३, बर्जुमा २ र वराहक्षेत्रमा १, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज १०१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। सङ्क्रमणमुक्त हुनेमा ४६ महिला र ५५ पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।