झापा : प्रेस चौतारी झापाले एक जना पत्रिका वितरकलाई साइकल सहयोग गरेको छ। दमकमा एक दशक बढिदेखी नियमित रूपमा विभिन्न पत्रपत्रिका वितरण तथा सडक सडकमा हिँडेर पत्रिका बिक्री गर्ने दमक-१० निवासी माधव घिमिरे (मेदनी) लाई साइकल हस्तान्तरण गरिएको हो।

दमकमा रहेका सक्रिय ७ जना पत्रकारद्वारा सङ्कलित रकमबाट घिमिरेलाई साइकल खरिद गरिदिएको प्रेस चौतारी झापाका उपाध्यक्ष मनकुमार गदालले जानकारी दिए । झापाका वरिष्ठ पत्रकार तथा पूर्व सन्देश दैनिकका प्रधान सम्पादक तथा प्रकाशक गञ्जबहादुर दाहालले लामो समय देखी निकै मेहनत र सघर्ष गरेर घिमिरेले पत्रीका वितरण गर्दै आएको बताए । घिमिरेको कामलाई थप सहज होस भनेर साइकल वितरण गरिएको दाहालले सुनाए ।

प्रेस चौतारी झापाले आगामी दिनमा सञ्चार क्षेत्रमा सक्रिय भएर लागी परेर काम गर्नेहरूलाई सम्मान र हौसला बढाउन अन्य कार्यक्रमहरू पनि निरन्तर गर्ने अध्यक्ष टिकाराम उप्रेतीले जानकारी दिएका छन् ।