धरान : धरान गल्फ क्लबको १४ औँ साधारण सभा तथा अधिवेशनले वीरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ कार्य समितिको चयन गर्दै सम्पन्न भएको छ।

शनिवार धरान गल्फ क्लबको सभा हलमा नेपाल गल्फ एसोसिएसनका केन्द्रीय उपाध्यक्ष एवं मेयर तिलक राईको प्रमुख आतिथ्यतामा धरान गल्फ क्लबको १४ औँ साधारण सभा तथा अधिवेशन सम्पन्न भएको हो । साधारण सभामा धरान गल्फ क्लबका कोषाध्यक्ष राजु राईले १२ औँ अधिवेशन यताको आर्थिक आय व्यय प्रस्तुत गरेका थिए । मेयर राईले प्रदेश नं. १ को एक मात्र गल्फ कोर्स धरानमा रहेको बताउँदै यसको संरक्षण गर्न एकजुट भएर लाग्नुपर्ने बताए।

धरान गल्फ क्लबको १४ औँ साधारण सभा तथा अधिवेशनबाट वीरेन्द्र विक्रम लिम्बुको अध्यक्षतामा नयाँ समिति गठन भएको छ। क्लबको उपाध्यक्षमा जितेन्द्र राई, सचिवमा भरत तामाङ, सहसचिवमा सएस प्याकुरेल र कोषाध्यक्षमा सुशीला राई निर्वाचित भएका छन् ।

यस्तै, सदस्यहरूमा जंगमोहन राई, बम प्रसाद लिम्बु, शुभ ध्वज लिम्बु, तुलसीराम आङ्देम्बे, झुना राई र शुक्र बहादुर राई मनोनीत भएका छन् । मेयर तिलक राईको अध्यक्षतामा ५ सदस्यीय निर्वाचन मण्डल बनेको थियो । निर्वाचन मण्डलमा सदस्यहरू धरान गल्फ क्लबका निवर्तमान अध्यक्ष टिका लिम्बु, सल्लाहकार एसपी भीम दाहाल, लेखिराज सुब्बा र विष्णु कुमार राई रहेका थिए ।