धरान : मोरङको सुन्दरहरैँचा र झापा अर्जुनधारामा भएको सडक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मोरङको सुन्दरहरैचा नगरपालिका-४ दुलारी स्थित पूर्व-पश्चिम राजमार्गमा लहरीको ठक्करबाट स्कुटर चालकको मृत्युको मृत्यु भएको छ।

मृत्यु हुनेमा सोही स्थानका ४५ वर्षीय श्याम लिङ्खा रहेका छन्। हिजो बेलुका पौने ६ बजे पश्चिम आउँदै गरेको BR 50 GA 0306 नम्बरको भारतीय लहरीले विपरीत दिशाबाट जाँदै गरेको को ३६ प २१७२ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना हुँदा गम्भीर घाइते भएका लिङ्खाको घोपा धरानमा उपचारको क्रममा हिजो बेलुका पौने ७ बजे मृत्यु भएको छ।

ठक्कर दिने लहरी प्रहरी चौकीको नियन्त्रणमा रहेको छ भने चालक फरार रहेकोले खोजतलास भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

यसै गरी झापा अर्जुनधारा नगरपालिका ११ सालबारी स्थित चारआली शनिश्चरे सडक खण्डमा कालिखोलाको कल्वटमा मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक सोही स्थानका १८ वर्षीय कुशल दास रहेका छन् । हिजो राती साढे ९ बजे पश्चिम तर्फ जाँदै गरेको प्र १-०१-०१२ प ४३७४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई कलवटमा ठोकिएर खोलामा झरी दुर्घटना भएको थियो।

घटनाको जानकारी पाए लगतै अस्थायी प्रहरी पोस्ट सालवारिबाट प्रहरी टोली खटिगई पानीमा डुबी बेहोस भएका दासलाई उपचारको लागी मनमोहन अस्पताल बिर्तामोड पठाइएको थियो। अस्पताल पुर्‍याउन साथ उनको मृत्यु भएको थियो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।