धरान : सङ्घीय सरकारका स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले कार्तिक १५ गते पछि नेकपा समाजवादीका राजेन्द्र राईको नेतृत्वमा गठबन्धन सरकार बन्ने बताएका छन् ।

धरान उपमहानगरपालिकाको सभा हलमा भएको भेटघाट कार्यक्रममा राज्यमन्त्री खापुङले अब प्रदेश १ मा मुख्यमन्त्री नियुक्तिका बेला देखिनै भीम आचार्य अल्पमतमा परिसकेकोले कार्तिक १५ पछि गठबन्धनको सरकार बन्ने बताए । अब बन्ने सरकार नेकपा समाजवादीको नेतृत्वमा राजेन्द्र राई मुख्यमन्त्री बन्ने पक्का भएको पनि उनले बताए ।

'पत्रकारहरूले प्रदेश १ को सरकार गठबन्धन सरकारले आलोपालो गर्ने रे नि ?' भन्ने प्रश्नमा मन्त्री खापुङले यसबारेमा आफूलाई जानकारी नभएको बताए।