धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५५३ जनाको पीसीआर परीक्षण गर्दा ७८ र ४५४ जनाको एन्टिजेन परीक्षण गर्दा ११ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ३२, मोरङमा २९, सुनसरीमा ११, इलाममा २, पाँचथर, धनकुटा, उदयपुर र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको हो।

झापाको अर्जुनधारामा ९, बिर्तामोडमा ७, कनकाईमा ६, दमकमा ४, बुद्धशान्तिमा ३, मेचीनगर, भद्रपुर, शिवसताक्षीमा १-१, मोरङको विराटनगरमा २३, उर्लाबारीमा ४, सुन्दरहरैचा र बेलबारीमा १-१, सुनसरीको इटहरीमा ७, धरानमा २, वराहक्षेत्र र इनरुवामा १-१, इलामको रोङमा २, पाँचथरको फिदिम, धनकुटाको धनकुटा नगरपालिका, उदयपुरको उदयपुरगढी र प्रदेश १ बाहिरका १-१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ५३ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र २९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।