धरान : प्रदेश १ को मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता राजेन्द्र राईलाई पाँच दलीय गठबन्धनले दाबी पेस गरेका छन् ।

मुख्यमन्त्री भीम आचार्यले राजीनामा दिए लगत्तै प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले भोलि १ बजेसम्म दाबी पेस गर्न आह्वान गरेका थिए ।

नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीसमेतका ५० सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालयमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखले मङ्गलवार राईलाई मुख्यमन्त्रीमा शपथग्रहण गराउने भएका छन् । शपथसँगै उनले सानो आकारको मन्त्रीपरिषद् बनाउने पनि बताइएको छ ।

Dabi-Pes