धरान : प्रदेश एकका मुख्यमन्त्री भीम आचार्यले आज राजीनामा दिएका छन् । आचार्यको राजीनामा सँगै विपक्षी गठबन्धनको तर्फबाट प्रस्तावित मुख्यमन्त्री राजेन्द्र राईले दाबी पेस गरेका छन् ।

मुख्यमन्त्रीमा दाबी पेस गरे सँगै एमालेबाट विभाजन भएर बनेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले भने सोमबार बियर उडाएर मुख्यमन्त्री बन्ने 'उत्सव' मनाएका छन् ।

उनी प्रदेश १ को मुख्यमन्त्री बनिसकेका छैनन् तर इटहरीको एक होटेलमा कार्यक्रमको आयोजना गर्दै राईले भावी मुख्यमन्त्रीको रूपमा केक समेत काटेका छन् । सामाजिक सञ्जालमा केही बेर देखिएको भिडियोमा राईले बियर उडाएको देखिन्छ । तर, केही समयमै भिडियो भने डिलेट भएको थियो।

विशेष स्रोतबाट प्राप्त भिडियोमा 'यो विषयमा सार्वजनिक नगर्नु' भन्न सम्म भ्याएका छन् ।

भिडियो :