विराटनगर : प्रदेश १ मा आज मुख्यमन्त्री राजेन्द्र राई सहित ६ जनाले शपथ ग्रहण गर्ने भएका छन् ।

पाँच दलीय गठबन्धनको तर्फबाट मुख्यमन्त्री सहित पाँच जनाले शपथ ग्रहण गर्ने भएका हुन् । काङ्ग्रेसबाट २ माओवादी केन्द्रबाट एक जसपाबाट एक सहित मुख्यमन्त्रीले शपथग्रहण गर्ने भएका हुन् ।

सहमति अनुसार काँग्रेसले २, माओवादीले १, जनता समाजवादीले १ र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई एउटा राज्यमन्त्री दिइएको छ ।

जसअनुसार काँग्रेस संसदीय दलका नेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, काङ्ग्रेसकै सांसद केदार कार्कीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद विष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्री नियुक्त गर्ने सहमति बनेको हो ।