धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। ४८७ जनाको पीसीआर परीक्षण गर्दा ७७ र ८१ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २९, मोरङमा २३, सुनसरीमा १९, सङ्खुवासभा, इलाम, तेह्रथुम र ओखलढुङ्गामा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको अर्जुनधारा, बिर्तामोड र दमकमा ६-६, बुद्ध शान्ति, कनकाई, गौरीगञ्ज र भद्रपुरमा २-२, मेचीनगर, हल्दिबारी र बाहृदशीमा १-१, मोरङको विराटनगरमा १२, सुन्दरहरैचामा ६, केराबारीमा २, कटहरी, ग्रामथान र सुनबर्षीमा १-१, सुनसरीको इटहरीमा १३, धरानमा ६, सङ्खुवासभाको चैनपुर, इलामको इलाम नगरपालिका, तेह्रथुमको म्याङ्लुङ र ओखलढुङ्गाको सिद्धिचरणमा १-१ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा आज ६८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३५ महिला र ३३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।