चतरा : नेपाली काँग्रेस सुनसरी सचिव केदार भण्डारीले नक्कली काङ्ग्रेसदेखि सावधान हुन आग्रह गरेका छन्। १४ औँ महाधिवेशन अन्तर्गत जिल्ला सभापतिको आकाङ्क्षी रहेका वर्तमान सचिव भण्डारीले सक्कली काँग्रेस निष्ठावान्, आदर्श हुने तर नक्कली काँग्रेस लोभीपापी हुने भएकाले सजग भएर नेतृत्व चयन गर्न कार्यक्रर्ताहरुलाई आग्रह समेत गरे।

भरौलीको राजधामि चोकमा नेपाली नेपाली बराहक्षेत्र वडा नं ३ कार्य समितिले आयोजना गरेको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा बोल्दै भण्डारीले योग्य, सक्षम नेतृत्व चयन गर्नु पर्ने समेत बताए ।उनले भन्ने "कार्यकर्ताको काम गर्ने मान्छेलाई विजय गराउनु, अधिवेशनमा फुत्त आउने नेताहरूलाई विस्थापित गर्नुपर्छ "

मङ्गलवार आयोजना भएको उक्त कार्यक्रममा प्रमुख अतिथि सङ्घीय सांसद मिना सुब्बाले आगामी निर्वाचनमा तिनै तहको निर्वाचनमा काँग्रेसले जित्ने बताइन् । यसकालागि कार्यकर्ता, नेताहरू कुनै गुट, उपगुट नभनी काँग्रेसको सङ्गठन गर्नु पर्नेमा जोड दिइन्।

कार्यक्रममा जिल्ला सचिव सुजेन्द्र तामाङ, सुनसरी क्षेत्र नं १ प्रदेश सभा ख सभापति मुरारी भट्टराई, सचिव रमेश काफ्ले, जिल्ला सदस्य दिपेशजंग बस्नेत, राजदिप लामा, नेपाली काँग्रेस वराहक्षेत्र निवर्तमान सभापति नारायण नेपाल, निवर्तमान सह-सभापति जगद कार्की, नेपाली काँग्रेस वराहक्षेत्र नगर समितिका उप-सभापति जितबहादुर कार्की, नेपाली काँग्रेस वराहक्षेत्र नगर सचिव हरिकृष्ण भट्टराई, महिला नेतृ पूजा धामी, काँग्रेस नेता अजय राई, नेपाली काँग्रेस वराहक्षेत्र १ सभापति ईशवर थापा लगाएले शुभकामना मन्तव्य राखेका थिए।

वडा दसैँ, दीपावली, छठ, नेपाल सर्बत, उँधौली लगायतका पर्वलाई मध्यनजर गर्दै नेपाली काँग्रेस गर्दै आएको शुभकामना आदान प्रदान कार्यक्रमलाई वडा नं ३ समितिले निरन्तरता दिएको सभापति पनुलाल धामीले बताए ।सभापति धामीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत भाषण वडा उप-सभापति मेघधन राईले गरेका थिए ।

congress-chatara-subhakaman