धरान : नेकपा (माओवादी केन्द्र) निकट प्रेस सेन्टर नेपाल सुनसरीको मंगलबार इटहरीमा सम्पन्न चौथो अधिवेशनले तीर्थ कार्कीको अध्यक्षतामा २१ सदस्य नयाँ समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा लेखनाथ दंगाल, महिला उपाध्यक्षमा अनिता रसाइली, सचिवमा अच्युत भट्टराई, सहसचिवमा मनोज निरौला, सहसचिव समावेशीमा दिलबहादुर राई र कोषाध्यक्षमा सविना राई चयन भएका छन्।

सदस्यहरूमा मनि काङमाङ, सुमित थापा, राजकुमार श्रेष्ठ, टिकाराम विक, अम्बिका पाँचकोटी, सङ्गीता चौधरी, नगेन्द्र बजगाईँ र विनीता कटुवाल चयन भएका हुन। बाँकी ६ सदस्य समितिको बैठकले थप गर्ने गरी रिक्त राखिएको छ। अधिवेशनले प्रदेश प्रतिनिधिमा रश्मि प्रधान, गोविन्द बस्नेत, विशाल राई, धनकुमार राई (मिलन) र लोकराज निरौलालाई चयन गरेको छ।

केन्द्रीय अधिवेशन प्रतिनिधिमा गणेश तिम्सिनालाई चयन गरेको छ। बाँकी प्रदेश र केन्द्रीय अधिवेशन प्रतिनिधि समितिको बैठकले चयन गर्ने नवनिर्वाचित अध्यक्ष तीर्थ कार्कीले जानकारी दिए। यसअघिको कार्यसमितिमा सचिव रहेका कार्की पत्रकारिता, क्षमता अभिवृद्धि तथा व्यक्तित्व विकास सम्बन्धी प्रशिक्षक पनि हुन। उनी दन्तकाली एफएम धरानका सम्पादक तथा कार्यक्रम प्रस्तोता समेत हुन।

नेकपा माओवादी केन्द्र सुनसरी इन्चार्ज तथा केन्द्रीय सदस्य निर्मल बरालको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको हो । सङ्गठनका प्रदेश नं. १ इन्चार्ज राजन केडी, संयोजक श्रीशीशा राई, केन्द्रीय अधिवेशन आयोजक समिति सदस्य केशव घिमिरे, गङ्गा बराल, जनकक्रृषि राई लगायतले शुभकामना मन्तव्य राखेका थिए।