धरान : ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी धरान उपमहानगरपालिका-११ का २५ वर्षीय सन्तोष राईलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेको छ ।

ज्यान मार्ने उद्योग मुद्दामा सम्मानित सुनसरी जिल्ला अदालतबाट २०७६ फागुन १५ गतेको सजाय निर्धारण फैसला आदेशले १ वर्ष ६ महिना कैद भई लगत नं. ९४२० मा कैद बेरुजु रही असुल गर्न बाँकी रहेका राईलाई १ नं प्रदेश प्रहरी कार्यालय, आरआइटीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा गाउँघरमा नै लुकिछिपी बसेको अवस्थामा कार्तिक १५ गते प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ परेका राईलाई मंगलबार सुनसरी जिल्ला अदालतबाट कैद भुक्तानको लागी कारागार चलान गरिएको छ ।