धरान : मोरङको रंगेली नगरपालिका ८ दर्बेशा चौकमा ट्रकको ठक्करबाट पैदल यात्रीको मृत्युको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २८ वर्षीय शनि राजवंशी रहेका छन् । बुधवार बिहान साढे ६ बजे दक्षिण तर्फ जाँदै गरेको मे १ ख २२९१ नम्बरको मिनी ट्रकले ठक्कर दिई घाइते भएका राजवंशीको उपचारको लागी रंगेली अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको थियो ।

ठक्कर दिने ट्रक र ट्रक चालक मोरङ कानेपोखरी गाउँपालिका ६ का ३२ वर्षीय जितेन्द्र राजवंशी इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।