धरान : कोराना महामारीको कारण बन्द रहेको नेपाल भारत सीमा नाका खुले सँगै यति बेला भारतीय सीमा बजार जोगवनीमा नेपालीको ठुलो घुइँचो बढेको छ ।

नाका खुल्ला हुनु सँगै तिहारको सामाग्री किन्न पूर्वका विभिन्न स्थानबाट जोगवनी बजार पुग्ने हजारौँ नेपालीका कारण यति बेला जोगवनी नाकाको प्रवेशद्वारमै जाम हुन थालेको सीमा नाकामा खटिएका प्रहरीले बताए ।

Jogbani-Bazar-3

बिहान ६ बजे नाका खुल्ने र राति १० बजे बन्द हुने नाकामा बिहान नाका खुले देखि नै नेपालीहरू दैनिक उपभोग्य बस्तु खरिद गर्न जोगवनी पुग्ने गरेका छन् ।

तिहारको छेक पारेर केही दिन यता देखि जोगवनी बजारमा नेपालीहरू दैनिक उपभोग्य बस्तु खरिदका लागि पुग्नेको सङ्ख्या अत्यन्तै बाक्लिँदै गएको ऋतिका इन्टरप्राइजेज जोगवनी बजारका प्रोप्राइटर विकास गोयल बताउँछन् ।

Jogbani-Bazar-6

उनी भन्छन् केही दिन यता जोगवनी बजारमा यति नै बरावरको कारोबार भयो भन्ने एक्किन तथ्याङ्क नभएको भए पनि दैनिक करोडौँको कारोबार नेपाली ग्राहकबाट हुने गरेको उनको दाबी छ ।

Jogbani-Bazar-1

वारी सुनसान पारि भिड :
जोगवनी नाकामा वारी नेपाल तर्फ विराटनगरको बजार तिहारको बेलामा भए पनि खासै चहलपहल देखिँदैन ।

बजारहरू जोगवनीको तुलनामा सुनसान प्राय देखिन्छ । तर उता जोगवनी बजारमा भने खुट्टा टेक्ने सम्म राम्रोसँग ठाउँ पाइँदैन ।

Jogbani-Bazar-5

यसो हुनुको मुख्य कारण सीमाबाट घरेलु प्रायोजनका लागि ल्याइएका सामानहरू सहजै नेपाल ल्याउन दिनु र जोगवनी बजार नेपालको बजार भन्दा धेरै सस्तो हुनुले हो । नेपालमा चिनीको मूल्य प्रतिकेजी ९५ पर्ने उता जोगवनीमा ५५ देखि ६५ रुपैयाँ सम्ममा पाइन्छ ।

Jogbani-Bazar-1 Jogbani-Bazar-9

त्यो सँगै अरू सामाग्रीमा पनि नेपालमा भन्दा सस्तो हुने भएकोले नेपालीहरू जोगवनी नै सामाग्री खरिदका लागि जाने गरेको बताइन्छ ।

Jogbani-Bazar-10 Jogbani-Bazar-7 Jogbani-Bazar-4 Jogbani-Bazar-8