धरान : आज लक्ष्मीपूजा, धरानमा विगतको जस्तै फूल बजारमा खासै आएन ।

बेमौसमी झरीका कारण फूल हावाले लडाएर कुहिदा पहिले जस्तो बजारमा फूल नआएको कृषि उपज बजार स्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।

Ful-bazar-1

भारतीय फूलको भन्दा यस पटक स्थानीय फूलको उच्च माग रहेको छ । तर बेमौसमे झरीले फूल उत्पादनमा ठुलो ह्रास आएको फूल किसानहरू बताउँछन् । विगतका तिहारमा जस्तो यस पटक धरानको बजारमा फूल खासै देखिएन ।

जति आयो स्थानीय फूलको माग उपभोक्ताको बढी देखियो । भारतीय माला फूल पनि गत वर्ष जस्तो बजारमा आएन । आएको भए पनि फूल ओइलिएको अवस्थामा मात्रै आइपुगेको छ ।

आज बिहानै धरानमा ६० लाखको फूलको कारोबार :

धरान-१३ स्थित कृषि उपज बजार स्थलबाट मात्रै १ लाख मालाको करिब ६० लाख बरावरको फूलको कारोबार भएको छ ।

Ful-bazar-2

कृषि उपज बजारस्थल धरानका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार यस पटक समय अनुसार फूल पहाडी क्षेत्रमा फुलेको थियो । तर बेमौसमे वर्षाले गर्दा फुल लडेकोले फूल कुहिएर बिग्रिएकोले फूल बजारमा कम आएको हो। फूलको बजार भाउ घटबढ छैन स्थिर मूल्य रहेको व्यवस्थापक भट्टराईले बताए । आजको फूलको बजार हेर्दा भोलि फूल कम मात्रै बजारमा आउने हो की भन्ने लागेको पनि उनले बताए ।

Ful-bazar-5
 
 
Ful-bazar-8 Ful-bazar-12 Ful-bazar-13 Ful-bazar-16 Ful-bazar-14 Ful-bazar-4 Ful-bazar-9 Ful-bazar-3Ful-bazar-10 Ful-bazar-15 Ful-bazar-6 Ful-bazar-11 Ful-bazar-7