इटहरी : सुन्दरहरैचा नगरपालिकाले देउसी भैलोलाई दिने दानको अधिकतम दररेट तोकेको छ । बुधवार सूचना निकाल्दै नगरपालिकाले उमेर अनुसार दररेट सार्वजनिक गरेको हो।

एक सयदेखि २१ सयसम्म अधिकतम दान दिन पाउने गरी दररेट तोकेको छ। १५ वर्षसम्मको उमेर समूहका बालबालिकालाई एक सय रुपैयाँसम्म र १५ वर्ष भन्दा माथिको समूहलाई ५०० रुपैयाँसम्म दिन पाउने बताएको छ। क्लब नाचगान समूहलाई बढीमा ११ सयसम्म र संस्थागत २१ सयसम्म दान दिन नगरपालिकाले आग्रह गरेको छ।

पछिल्लो समय परम्परा र मर्यादा विपरीत क्रियाकलाप बढ्दै गएकाले त्यस्ता गतिविधि नगर्न नगराउन आग्रह गरिएको छ। देउसी भैलो नाचगान जस्ता गतिविधि रातको १० बजेसम्म मात्र सञ्चालन गर्न अनुरोध गरेको हो।dausi-rate