धरान : प्रदेश १ मा पछिल्लो २४ घण्टामा ५४ जनामा कोरोना सङ्क्रमण भएको छ । २३० जनाको पीसीआर परीक्षण गर्दा ५३ र ३९ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २४, मोरङमा १६, सुनसरीमा १०, इलाममा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको दमकमा ६, बिर्तामोडमा ५, भद्रपुर, कनकाई, शिवसताक्षी र बुद्धशान्तिमा २-२, गौरादह, अर्जुनधारा, बाहृदशी र कमल र झापा गाउँपालिकामा १-१, मोरङको विराटनगरमा १२, उर्लाबारीमा २, बुढीगंगा र सुन्दरहरैचामा १-१, सुनसरीको इटहरीमा ५, इनरुवामा ३, रामधुनी र धरानमा १-१, इलामको चुलाचुलीमा १ र प्रदेश १ बाहिरका २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ६७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३३ महिला र ३४ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट एक महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।