धरान : विद्यालयमा पठनपाठन मात्र होइन सामाजिक र सांस्कृतिक दायित्व पनि सिक्न जरुरी रहेको भन्दै प्राइम भिजन कलेजमा तिहार उत्सव मनाइएको छ ।

तिहारको अवसरमा कलेजका एडिएचएम विद्यार्थीहरूले सडकमा जीवन बिताउन बाध्य मानिसहरू सँग तिहार मनाए । उनीहरूले सडक आश्रित मानवहरूलाई कलेजमा तयार गरिएको खाना समेत वितरण गरेका छन् ।

तिहारको अवसरमा कलेजमा देउसी भैलो प्रशिक्षण कार्यक्रमको समेत आयोजना गरिएको थियो । अहिलेको समयमा देउसी भैलो खेल्ने शैलीमा मैलिकता कम हुँदै गएको र यो मनोरञ्जनमा मात्र सीमित रहेकोले विद्यार्थीहरूमा साँस्कृृतीको परिचय गराउन र यसको ऐतिहासिकता बुझाउन आवश्यक रहेको कार्यक्रममा प्रशिक्षक एव नेपाली विषय शिक्षक नवराज विष्टले बताए।

विद्यार्थीहरूले हौजि, रंगोलि प्रतियोगिता लगायत विभिन्न मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरी मनोरञ्जन लिएका थिए। विभिन्न समयमा यस्ता विभिन्न गतिविधिहरू आयोजना गर्ने गरेको कलेजले जानकारी दिएको छ।