धरान : विराटनगर महानगरपालिका वडा नं. १५ एक नम्बर ढाटबाट प्रहरीले लागूऔषध सहित इटहरीका एक युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरी इटहरी उपमहानगरपालिका २ का १९ वर्षीय विशेष मगर रहेको प्रहरीले जानकारी दिएको छ। आज बिहीबार दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई एभिल १५ एम्पुल, डाईजापाम १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, फेरागन १५ एम्पुल नामक लागूऔषध सहित पक्राउ गरेको हो।

पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।