धरान : धरान तिहारको लक्ष्मी पुजाको साँझ झिलिमिली भएको छ । लामो समयको कोरोना महामारी पछि यो वर्ष धरानमा केही तिहार जस्तै महसुस हुने गरी झिलिमिली देखिएको हो ।

गतबर्ष कोरोनाको कहरका कारण चाडपर्वमा झिलिमिली र रमाइलो हराएको थियो । तर यो वर्ष दशै र तिहारमा थोरै भए पनि चाड पर्वको रौनक देखिएको छ । धरानमा विगतमा जस्तो नै त झिलिमिली भएन ।

Jhilimili-Dharan-3

विगतमा धरानका मुख्य चौक बजार क्षेत्रमा झिलिमिली बिजुली बत्तीले झकिझकाउ हुने गर्दथ्यो भने धरानका व्यापारीहरूले आतिसबाजी पड्काउँदा मुख्य बजार क्षेत्र उल्लासमय हुने गर्दथ्यो । तर यस पटक पटकाजन्य सामाग्रीमा प्रशासनले निकै वर्जित गरेसँगै त्यस्तो दृश्य भने देख्न पाइएन ।

Jhilimili-Dharan-7

कोरोना महामारी पछि केही सहज वातावरण भइरहेको बेलामा परेको दशै र तिहारले यस पटक चाडपर्वको रौनक बढेको छ । तर पनि पहिलेको जस्तो रौनक भने धरानमा यस पटकको तिहारमा नदेखिएको धरानवासी बताउँछन् ।

Jhilimili-Dharan-4 Jhilimili-Dharan-6 Jhilimili-Dharan-11 Jhilimili-Dharan-5 Jhilimili-Dharan-8 Jhilimili-Dharan-9 Jhilimili-Dharan-10 Jhilimili-Dharan-12 Jhilimili-Dharan-13