धरान : धरान-१७ बगान टोलमा आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ।

आज दिउँसो भएको आगलागीबाट रमिला राईको काठको पुरानो शैलीको घर जलेर नष्ट भएको नगर प्रहरी प्रमुख विष्णु कोइरालाले जानकारी दिए । काठको घर जलेर पुर्णरुपमा क्षति भएको छ।

Aglagi-4

नगरप्रहरी प्रमुख कोइरालाका अनुसार उक्त घरमा भाडामा सिर्जना विक र महेन्द्र विक को २ परिवार बस्दै आएका थिए । आगलागी धरान-१७ को होराइजन टोल र बगान टोलको बिचमा पर्छ । आगलागी ग्याँस पड्केर आगलागी भएको अनुमान गरिएको छ ।

आगलागीबाट क्षतिको पूर्ण विवरण आई नसकेको भए पनि अन्दाजी १५ लाख बरावरको क्षति भएको बताइएको छ ।

Aglagi-1 Aglagi-2 Aglagi-5 Aglagi-8 Aglagi-6 Aglagi-7