धरान :प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना सङ्क्रमण भएको छ । ११ जनाको पीसीआर परीक्षण गर्दा झापामा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार झापाको भद्रपुरमा २ र मेचीनगरमा १ जनामा सङ्क्रमण देखिएको हो ।

प्रदेश १ मा आज ८४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३८ महिला र ४६ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३ महिला र १ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।