धरान : प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राई भाइटिका लगाउन गृह जिल्ला भोजपुर पुग्नुभएको छ ।

मुख्यमन्त्री राई काठमाडौँबाट हिजो सङ्खुवासभाको तुम्लिङटार विमानस्थल हुँदै सङ्खुवासभाका कार्यकर्तासँग भेटघाट सकेर हिजो दिउँसो गृह जिल्ला भोजपुर गएका हुन् ।

मुख्यमन्त्री राई तिहारमा भाइटिका लगाउन उनको गृह नगर षडानन्द नगरपालिका–११ भ्याउपोखरी मुख्यमन्त्री भएपछि पहिलो पटक पुगेका हुन् ।

उनले षडानन्द–११ भ्याउपोखरी मा रहेकी दिदीको हातबाट भाइटिका लगाउने बताइएको छ । मुख्यमन्त्री राई भोजपुरमा रहँदा विभिन्न कार्यक्रममा सहभागी हुने बताइएको छ ।