बेलबारी : मोरङको बेलबारी नगरपालिका ९ का ७२ वर्षीय हर्क बहादुर राईको लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

आज शनिवार दिउसो ३ बजे सोही स्थान डाँगा बजारमा रहेको काठको फलैँचाबाट लडेर घटनास्थलमा नै मृत्यु भएको हो।

उनी उच्च रक्तचापको बिरामी भएको आफन्तबाट बुझिएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बेलबारीले जानकारी दिएको छ ।