धरान : मोरङको ग्रामथान गाउँपालिका २ झङ्ग्राही स्थित सुखानी खोलाको पुलबाट मोटरसाइकल खसेर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक कटहरी गाउँपालिका ५ का २१ वर्षीय आशिष् सरदार रहेका छन् । आज बिहान ७ बजे पूर्व तर्फ जाँदै गरेको को १२ प १६७० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई पुलबाट सुखानी खोलामा खस्दा सरदारको घटनास्थल मानै मृत्यु भएको हो । घटनको बारेमा थप अनुसन्धान भइरहेको छ ।