धरान : सृजनशील युवा समूह धरान-१५ ले देउसी भैलो खेलेर सामाजिक काम गरेको छ ।

क्लबले धरान-१५ स्थित विशाल चौकमा चौकको वरिपरि जेब्राक्रसिङ बनाएको छ। पछिल्लो समय सवारी साधनको चाप बढेसँगै दुर्घटना पनि बढेकोले आफूहरूले देउसी भैलो खेलेर जेब्रा क्रसिङ बनाएको क्लबका कोषाध्यक्ष नवीन घिमिरेले बताए ।

क्लबले देउसी भैलो खेलेर थप सामाजिक कार्य अन्तर्गत जेब्राक्रसिङ बनाएको र अव आगमि दिनहरूमा पनि सामाजिक कामलाई निरन्तरता दिँदै जाने क्लबले बताएको छ।