विराटनगर : प्रदेश १ मा आज ४७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा २५ महिला र २२ पुरुष छन् । हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या १ लाख ४ हजार ९१९ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ जनामा कोरोना सङ्क्रमण भएको छ । ११३ जनाको पीसीआर परीक्षण गर्दा ६ र ३४ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३, झापामा २ र सुनसरीमा १ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा ३, झापाको भद्रपुर र कमल गाउँपालिकामा १-१ र सुनसरीको इटहरीमा १ जनामा सङ्क्रमण भएको हो । हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख ७ हजार १८४ पुगेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १ महिला र ४ पुरुष रहेका छन् । कोरोना सङ्क्रमणका कारण प्रदेश १ मा हालसम्म २ हजार १४७ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।