दमक : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज विराटनगर आउँदै छन् ।

नेकपा एमाले जिल्ला कमिटी मोरङको आयोजनामा हुने शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रमका लागि अध्यक्ष ओली विराटनगर आउने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।

एमाले मोरङ अध्यक्ष ऋषि पोखरेलले कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए का छन् । अध्यक्ष ओलीले विराटनगर महानगरपालिका-११ मा रहेको एमाले पार्टी कार्यालयमा आयोजना हुने कार्यक्रममा ओलीको विशेष सम्बोधन रहने र पार्टीका अगुवा कार्यकताहरुलाइ प्रशिक्षण समेत दिने बताइएको छ ।

अध्यक्ष ओली आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।