धरान : मोरङको विराटनगर महानगरपालिका–१६ बाट लागुऔषध ट्याब्लेट सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

आज दिउँसो ३ बजेको समयमा भारतीय बजार जोगवनीबाट नेपाल तर्फ आउँदै गरेका मादी गाउँपालिका–९ सङ्खुवासभाका ३९ वर्षीय राजु गुरुङलाई चेकजाँच गर्दा उनको साथबाट लुपिजेसिक ४० एम्पुल, फेनारगन ४० एम्पुल, डाईजाल्याब ४० एम्पुल र एभिल ४१ एम्पुल बरामद भएको थियो ।

लागुऔषध सहित पक्राउ परेका गुरुङको सम्बन्धमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।