धरान : नेपाली काँग्रेस धरानकी महिला नेतृहरूले आगलागीबाट पीडित भएका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

उनीहरूले सोमबार धरान १७ स्थित एक घरमा ग्याँस पड्केर आगलागी भएको पीडित परिवारलाई आर्थिक सहयोग गरेका हुन् । महिला नेतृहरूले नगद सङ्कलन गरेर आगलागीबाट विस्थापित भएका परिवारलाई ६ हजार १ सय रुपैयाँ हस्तान्तरण गरिएको नेपाली काँग्रेस धरानकी नेतृ एवं कोषाध्यक्ष पञ्चकला राईले जानकारी दिइन् ।

गत शुक्रवार आगलागीबाट रिमला राईको काठको पुरानो शैलीको घर जलेर क्षति भएको थियो । उक्त घरमा भाडामा सिर्जना विक र महेन्द्र विकको दुई परिवार बस्दै आएका थिए । आगलागीबाट विस्थापित भएका दुई परिवारलाई महिला नेतृहरूले आर्थिक सहयोग गरेका हुन् ।