विराटनगर : धरानमा ३ जना सहित प्रदेश १ मा ९५ जनामा कोरोना सङ्क्रमण भएको छ ।

५५८ जनाको पीसीआर परीक्षण गर्दा ६९ र ११० जनाको एन्टिजेन परीक्षण गर्दा २६ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३८, झापामा १७, सुनसरीमा १०, इलाममा २, सङ्खुवासभा र उदयपुरमा १-१ जनामा सङ्क्रमण भएको हो ।

मोरङको विराटनगरमा २७, सुन्दरहरैचामा ४, पथरीशनिश्चरे र रतुवामाईमा २-२, उर्लाबारी, कटहरी र ग्रामथानमा १-१, झापाको मेचीनगरमा ५, दमकमा ४, बिर्तामोडमा ३, हाल्दिबारी र भद्रपुरमा २-२, अर्जुनधारामा १, सुनसरीको इटहरीमा ४, धरानमा ३, दुहबीमा २ र रामधुनीमा १, इलामको चुलाचुली र रोङमा १-१, सङ्खुवासभाको चैनपुर र उदयपुरको बेलकामा १-१ जनामा सङ्क्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७ महिला र १५ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट ४ महिलाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।