विराटनगर : इटहरीमा ८ जना सहित प्रदेश १ मा ६७ जनामा कोरोना सङ्क्रमण भएको छ ।

४३७ जनाको पीसीआर परीक्षण गर्दा ६४ र ७२ जनाको एन्टिजेन परीक्षण गर्दा ३ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २७, सुनसरीमा १७, झापामा १०, इलाम र उदयपुरमा २-२, धनकुटा र भोजपुरमा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको हो ।

मोरङको विराटनगरमा १४, सुन्दरहरैचामा ६, उर्लाबारी र रंगेलीमा २-२, बेलबारी, बुढीगंगा र केराबारीमा १-१, सुनसरीको इटहरीमा ८, धरानमा ५, रामधुनीमा २, बर्जू र वराहक्षेत्रमा १-१, झापाको दमक र मेचीनगरमा २-२, कनकाई, भद्रपुर, बुद्धशान्ति, गौरादह, बिर्तामोड र झापा गाउँपालिकामा १-१, इलामको चुलाचुली र सूर्योदयमा १-१, उदयपुरको त्रियुगा र चौदण्डीगढीमा १-१, धनकुटाको धनकुटा नगरपालिका र भोजपुरको भोजपुर नगरपालिकामा १-१ र प्रदेश १ बाहिरका ४ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ५४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा २४ महिला र ३० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।