इटहरी : हिमाअस कन्सल्टेन्सीले पहिलो वार्षिक उत्सव मनाएको छ । इटहरी असहाय बाल आश्रममा खाना खुवाएर कन्सल्टेन्सीले बार्षीकउत्सव मनाएको हो । इम्पेरीयल होटेलमा औपचारिक कार्यक्रम गरेको हिमाअसले विद्यार्थी र अतिथि माझ शुभकामना आदानप्रदान गरेको थियो ।

नेपाल विद्यार्थी सङ्घ सुनसरीका सभापति मन्दीप भट्टराई र पिसजोन स्कुलका सञ्चालक केशव भट्टराईको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

१५ वर्ष अगाडी अस्ट्रेलियाको सिड्नीमा स्थापना भएको हिमाअसले एकबर्ष अघि इटहरीको पूर्व लाइनमा शाखा खोलेको हो । युवा व्यवसायीहरूको लगानीमा खुलेको कन्सल्टेन्सी पूर्वकै विश्वासिलो मानिन्छ । अष्ट्रेलिया, क्यानडा युके लगायत देशहरूका अध्ययनको लागी विद्यार्थी पठाउँदै आएको कन्सल्टेन्सी पढ्दै जागिर गर्ने विद्यार्थीको लागी अवसर प्रदान गर्छ ।  

लकडाउनको समयमा पनि ९ जना विद्यार्थीको भिसा सफल पारेको हिमाअसका मार्केटिङ म्यानेजर सबिन घिमिरेले बताए । अहिले पनि ४० जनाको प्रोसेस भइरहेको उनको भनाई छ । आगामी वर्षमा सय जनालाई भिसा लगाउने योजना सहित काम भइरहेको उनले सुनाए ।

himas-itahari