धरान : शनिवार धनकुटा र इटहरीमा भएका छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको छ ।

धनकुटाको पख्रिबास नगरपालिका-८ लुम्बुवा टोल स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पख्रिबास नगरपालिका-७ थाक्ले बस्ने २१ वर्षीय टङ्क बहादुर तामाङ रहेका छन् । शनिवार दिउसो साढे दुई बजे पाख्रिबासबाट घामे तर्फ जाँदै गरेको को २ त १०४३ नम्बरको खाली ट्र्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याकटरको इन्जिनको भागले च्यापेर चालक तामाङको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यसै गरी सुनसरीको इटहरीमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरी इटहरी उपमहानगरपालिका १० ओसियनपार्कका ४५ वर्षीय धन प्रसाद राई र धनकुटा पाख्रीबास नगरपालिका १० घर भई हाल इटहरी उपमहानगरपालिका १७ स्थित दिदीको घरमा बस्दै आएको १४ वर्षीय दगेन्द्र तिम्सिना रहेका छन् ।