धरान : झापाको मेचीनगर नगरपालिका ६ स्थित मेची पुलबाट ब्राउन सुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का २२ वर्षीय प्रदीप बस्नेत रहेका छन् । आज दिउसो साढे १ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २ ग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका बस्नेतको इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।