विराटनगर : प्रदेश १ मा पछिल्लो २४ घण्टामा २९ जनामा कोरोना सङ्क्रमण भएको छ ।

३६५ जनाको पीसीआर परीक्षण गर्दा २८ र २६ जनाको एन्टिजेन परीक्षण गर्दा १ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १५, मोरङमा ८, सुनसरीमा ३ र इलाममा २ जनामा सङ्क्रमण देखिएको हो ।

झापाको बुद्धशान्तिमा ४, अर्जुनधारा र हल्दिबारीमा ३-३, दमक, बिर्तामोड, भद्रपुर, गौरीगञ्ज र कमल गाउँपालिकामा १-१, मोरङको विराटनगरमा ४, उर्लाबारीमा २, सुनबर्षी र बेलबारीमा १-१, सुनसरीको इटहरीमा २, बर्जूमा १ र इलामको चुलाचुलीमा २ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३६ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा १७ महिला र १९ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट २ पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।