धरान : झापाको अर्जुनधारा नगरपालिका ११ बसपार्कबाट ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरिएको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका ६ का ३४ वर्षीय सुवास खवास रहेका छन् । अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले खवासलाई ब्राउन सुगर १ ग्राम ५०० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।