धरान : सुनसरीको गढी गाउँपालिका-६ मा रहेको कोशी इट्टा उद्योगमा पानी जमेको खाल्डोमा डुबेर २ बालकको मृत्यु भएको छ । 

उक्त इट्टा भट्टाका कामदार भारतीय नागरिक सरोद बरमडका ४ वर्षीय छोरा दिपु बरमड र मिथु बरमडका ४ वर्षीय छोरा पियाउ बरमडको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको हो ।

आइतबार अपराह्न ४ बजेको समयमा उक्त स्थानमा खेल्दै गरेका बालक अचानक पानी जमेको खाल्डोमा डुबेको अवस्थामा उद्धार गरी उपचारको लागी जिल्ला अस्पताल इनरुवा लगिएकोमा बाटैमा मृत्यु भएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।