धरान : झापाको शिबसताक्षी नगरपालिका १० माइधार चौक नजिक भित्री सडक खण्डमा स्कारपियोको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानकी ७२ बर्षीया ललिता कटुवाल रहेकी छन् । आज बिहान सवा ११ बजे दक्षिणबाट उत्तर तर्फ आउँदै गरेको को १ च ७४१६ नम्बरको स्कारपियोले पैदल यात्री कटुवाललाई ठक्कर दिँदा उनको घटनास्थालमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कारपियो र चालक इलाम देउमाइ नगरपालिका ३ का ३२ वर्षीय पूर्ण खतिवडा अस्थायी प्रहरी पोस्ट माईधारको नियन्त्रणमा रहेका छन् । मृतकको कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागी दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।